एसपी रिपोर्टर
काठमाण्डौं, माघ १ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतप्रति असन्तुष्ट देखिएका छन् । पत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगेर फर्किएका प्रचण्डले भारत प्रति घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरेका हुन् ।
ओलीले बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको निकटताबारे पनि प्रश्न उठाए । उनले ओलीमाथि भारतको इशारामा चलेको आरोप लगाए । ओलीले नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन पनि भारतको इशारामा गरेको प्रचण्डको आरोप छ ।
‘उहाँले अहिले पार्टी विभाजत गर्ने, संसद भंग गर्ने भारतले भनेर गरेको सारा जनताले बुझेका छन्, ’ प्रचण्डले ओलीलाई भारतको इशारामा चलेको आरोप लगाउँदै भने, ‘केपीजी यसलाई के भन्नुहुन्छ ?’ भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको प्रचण्डको आशय थियो । विगतमा प्रधानमन्त्री ओलीलाई भारतले हटाउन खोजेको भन्दा भारतले भनेकै भरमा हटाउनुहुँदै भनेर आफू हटाउने कदमको विपक्षमा उभिएको सुनाए ।





