एसपी रिपोर्टर
काठमाणडौँ , चैत ६ :
श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा उनलाई शपथ ग्रहण गराए।

मन्त्रिपरिषद्ले गत मंसिर ६ गते नेपालीलाई राजदूतका रूपमा सिफारिस गरेको थियो। त्यसपछि १४ पुसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई औपचारिक रूपमा नियुक्त गरेका थिए।