एसपी रिपोर्टर
काठमाणडौं, चैत १ : पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा हुँ भन्दै सवा करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह धरौटी नबुझाएपछि कारागार चलान भएका छन्।
ललितपुर जिल्ला अदालतले १२ लाख धरौटीमा रिहा गर्ने आदेश दिए पनि रकम नबुझाएपछि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।सिंहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका तीन जना भने धरौटी बुझाएर रिहा भएका छन्। यसै प्रकरणमा संलग्न रामचन्द्र खनाल फरार रहेका छन्।५३ वर्षीय सिंहले अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट ठगी गरेको आरोप छ। उनले एकै महिलाबाट मात्रै ९७ लाख ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सिंह यसअघि पनि धेरैपटक पक्राउ परी मुद्दा खेपिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ।


