एसपी रिपोर्टर
काठमाणडौं, चैत १ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएका छन्।
बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (FCDO) द्वारा आयोजित ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकास’ मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा सहभागी हुन उनी लण्डन पुगेका हुन्।बिहीबार बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित ‘जल र जलवायु’ स्वागत समारोहमा पनि मन्त्री ठकुरी सहभागी भए।उनले नेपाल सरकारको जलवायु परिवर्तन नीतिहरू, ‘सगरमाथा संवाद’ तथा हिमालय क्षेत्रका जलवायु मुद्दाहरू सम्बोधन गर्न नेपालले उठाएका कदमबारे जानकारी गराए।
त्यसक्रममा उनले बेलायतका मन्त्री बैरोनेस चापम्यान र प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।


