एसपी रिपोर्टर
काठमाणडौं, चैत १ :
प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकता दिने निर्देशन राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई दिएका छन्।

शुक्रबार सिंहदरबारमा आयोगका उपाध्यक्षसहित पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी हटाउनुपर्ने बताएका छन्। उनले सीप विकास, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रमा लगानी वृद्धि गर्न जोड दिए।प्रधानमन्त्रीले मन्त्रालयहरूलाई उत्पादकत्व बढाउने ठोस योजना ल्याउन सुझाव दिए। उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन, उद्यमशीलता विकास, सेवा प्रवाह र सुशासन सुधारमा ध्यान दिनुपर्ने उल्लेख गरे।छलफलमा आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले १६औं योजनाको कार्यान्वयन, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, परियोजना विश्लेषण र अनुदान प्रणाली परिमार्जन लगायतका विषयबारे जानकारी गराएका थिए।