एसपी रिपोर्टर
काठमाणडौँ ,फाल्गुन २९ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आज जारी गरेको शुभकामना सन्देशमा उनले भनेका छन्, “आपसी भाइचारा र सद्भावको रूपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।”अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव, र घृणामाथि प्रेमको विजय उत्सवको रूपमा मनाइने रङहरूको पर्व फागुपूर्णिमा हिमाल, पहाड, र मधेसलाई एकताको सूत्रमा बाँध्दै आपसी भ्रातृत्व, सद्भाव, र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।





