एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २० :
नेपाल चिकित्सक संघका ३२ जना अध्यक्षहरूको जीवनी, योगदान र संघर्ष समेटिएको पुस्तक चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार विमोचन गरेका छन्।

संघको ७५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा र दक्ष चिकित्सक उत्पादन हुनु सुखद् भए पनि यथेष्ट अवसर नपाएर चिकित्सक विदेशिनु चिन्ताजनक भएको बताए।चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार चिकित्सा इतिहास संरक्षण गर्ने उद्देश्यले पुस्तक प्रकाशित गरिएको हो।

पुस्तकको सम्पादन पत्रकार प्रवीण ढकालले गरेका छन्।