एसपी रिपोर्टर
रुपन्देही ,फागुन २० : गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले अध्यागमन कार्यालय, सुरक्षा व्यवस्था, यात्रु सेवासुविधा र व्यवस्थापनबारे जानकारी लिए। अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा उनले खुसी व्यक्त गर्दै सरकार यसलाई दिगो बनाउन गम्भीर रहेको बताए।
विमानस्थलबाट हाल दैनिक चारवटा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।


