एसपी रिपोर्टर
काठमाणडौँ , फागुन १९ :
पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचार प्रकरणमा संलग्न तीन जना दोषी ठहर भई पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरूमा पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ तथा पशुपति विकास कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी छन्।

यस प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।