एसपी रिपोर्टर
काठमाणडौं, फागुन १८: सर्वोच्च अदालतमा आइतबारका लागि तय भएका सबै पेशी पूर्वन्यायाधीश शारदा श्रेष्ठको निधनको शोकमा स्थगित गरिएको छ।
८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो। नेपालकी पहिलो महिला न्यायाधीश रहेकी श्रेष्ठ सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश थिइन्। उनी २०६१ वैशाखमा सर्वोच्च अदालतकी न्यायाधीश बनेकी थिइन् र २०६५ जेठमा अवकाश प्राप्त गरेकी थिइन्।सर्वोच्च अदालत पुग्नु अघि उनले उच्च अदालत राजविराजमा सेवा गरेकी थिइन्।
शुक्रबार सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालतले आइतबारको सबै पेशी स्थगित गर्ने निर्णय गरेको हो।


