चिरञ्जीवी पौडेल
काठमाण्डौं, साउन २८ :
अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो । मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा सुरुमा चिनिए पनि अहिले यो बहुआयामिक बनिरहेको छ । आफ्नो प्रतिभा देखाउने त छँदैछ, संसारभर के कुरा ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सहज माध्यम नै अहिले टिकटक एप हो । राजनीतिदेखि चलचित्रसम्म अध्यात्मदेखि संगीतसम्म सबै विधाका ‘हट टपिक’ सबैभन्दा पहिले टिकटकमा आउन थालेका छन् ।

नेपालीहरुमा टिकटकले आफ्नो जादु चलाएको दुई वर्षजति भयो । सुरुमा टीनएजका केटीहरु यसमा आकर्षित भए । त्यसपछि विस्तारै हरेक उमेर समूहका नेपालीहरुलाई यसले लठ्याइरहेको छ । आजकाल बौद्धिक क्षेत्रका व्यक्तिहरुसमेत यसमा रमाउन थालेका छन् । कुनै पनि महत्वपूर्ण कार्यक्रम वा रोचक घटनाहरुको भिडियो सबैभन्दा पहिले टिकटकमा भेटिन्छ । कुनै अन्तरवार्ताको विवादस्पद अंश पनि टिकटकमै पहिले आउँछ । जस्तो कि हालै एक सञ्चारकर्मीले टेलिभिजनमा नायिकालाई गरेको छुद्र गाली टिकटकमार्फत भाइरल भएको हो । अरु पनि थुप्रै स्क्यान्डल टिकटकले जन्माइरहेको छ । तसर्थ, सुरुवातमै भनिएजस्तो, यदि टिकटकमा तपाईं हुनुहुन्न भने धेरै कुरा मिस गर्नुहुनेछ ।

नेपालमा धेरै व्यवसायिक प्रतिष्ठानहरुले टिकटकको उपयोग गर्नतिर ध्यान दिएका छैनन् । अन्यथा १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा हाल्दा त्यसले लाखौं÷करोडौं रुपैयाँको विज्ञापनको काम गर्ने गर्न सक्छ । जस्तो कि ई–सेवाले बनाएको विज्ञापन गीत टिकटकमा भाइरल भयो । सञ्चार माध्यममार्फत यति प्रचार पाउनका लागि कम्पनीले निकै ठूलो धनराशी खर्च गर्नुपथ्र्यो ।

लकडाउनयता झन् लोकप्रिय

कोरोनाको प्रभाव बढ्न थालेपछि जब नेपालमा देशब्यापी लकडाउन भयो, मानिसहरु आ–आफ्नो घरभित्र कैद भए । यस्तो बेला युवा–युवतीहरुको समय बिताउने माध्यम बन्यो टिकटक । लकडाउनका समयमा नेपालमा टिकटक प्रयोगकर्ता अत्यधिक थपिएको देखिन्छ । यसको एकिन तथ्यांक पाउन नसकिए पनि लकडाउनभन्दा अगाडिको तुलनामा टिकटकको प्रयोग झण्डै दोब्बर बनेको अनुमान छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा प्रतिसेकेन्ड ५ सय देखि ५५० जीवी इन्टरनेट खपत हुन्छ । लकडाउनभन्दा अगाडिसम्म टिकटक प्रयोगकर्ताले मात्रै प्रतिसेकेन्ड ७ जीबी डाटा खपत गर्थे । यो अहिले १३ जीबी पुगेको छ । यसबाहेक एनसेल, एनटीसी र स्मार्ट सेलको मोबाइल ब्रोड ब्यान्डबाट पनि इन्टरनेट प्रयोग गर्नेले टिकटक चलाउँछन् । यसरी हेर्दा करिब टिकटकमा १५ जिबीपीएसभन्दा बढी डाटा प्रयोग भइरहेको अनुमान प्राधिकरणको छ । यस हिसाबले टिकटकको उपयोग ६० देखि७० प्रतिशतले बढेको मान्न सकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।

आजकल फेसबुक र युट्युव छोडेर युवायुवती टिकटकमा झुण्डिन थालेका छन् । यसमा आउने ३ सेकेन्डदेखि १ मिनेटसम्मका भिडियोहरु हेरेर उनीहरु घन्टौं बिताइदिन्छन् । पहिले–पहिले युवायुवतीहरु घुमघाम वा जमघट गर्दा फोटोरभिडियो खिच्न हतारिन्थे । तर, अहिले टिकटक बनाउन कस्सिन्छन् ।

यसरी जन्मियो टिकटक

लिपसिंक (अरुको आवाजमा ओठ चलाएर अभिनय गर्ने काम) छोटा भिडियो बनाएर सेयर गर्ने सुविधा सबैभन्दा पहिले २०१० मा ‘डब्समास’ नामक एपले दिएको थियो । भाइन नामक अर्को एप पनि यस्तै फिचरहरु लिएर आयो । तर, टिकटक आएपछि यिनीहरुका दिन सकिए ।

सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले स्थापना गरेको आईटी कम्पनी बाइट डान्सले सुरुमा ‘डाउयीन’ नाम एप को विकास गरेको थियो सन् २०१६ को सेप्टेम्बरमा । पछि सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरियो । यद्यपि, सन् २०१८ को २ अगष्टमा म्युजिकल. लीलाई खरिद गरेपछि टिकटक विश्वव्यापीरुपमा उपलब्ध भएको हो । एक अर्ब डलरमा टिकटकले म्युजिकल.लीलाई किनेको थियो ।

बाइटडान्सको प्रधान कार्यालय बेइजिङमा छ भने टिकटकका कार्यालयहरु विश्वका थुप्रै शहरमा छन् । बब्लीन, लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, मुम्बई, सिंगापुर, जाकार्ता, सोल, टोकियोजस्ता देशहरुमा टिकटकका शाखा कार्यालय खोलिएको छ । लन्च गरिएको छोटो समयमा नै यसले पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अमेरिका, टर्की, रसिया तथा विश्वका अन्य भागमा लोकप्रियता कमाएको थियो । सन् २०२० को अगष्टमा टिकटकका विश्वभर टिकटक प्रयोगकर्ता १ अर्ब नाघेका छन् । केवल चार वर्षको अवधिमा यो उपलब्धी अविश्वसनीय हो ।

विवाद र प्रतिवन्ध

टिकटकलाई लिएर केही देशहरुमा विवाद पनि उब्जिने गरेका छन् । प्रमुखरुपमा यस्तो विवाद अमेरिका र भारतमा देखिन्छ । यी दुई चीनका प्रतिस्पर्धी मुलुक हुन् । गत वर्ष भारतमा त्यहाँको अदालतले टिकटकले अश्लिलता फैलाएको भन्दै यसलाई रोक लगाएको थियो । तर, त्यो रोक लामो समय टिक्न सकेन । अदालतले आफ्नो फैसला उल्टाएपछि टिकटक फुकुवा भयो ।

यसै वर्ष चीन र भारतबीच लद्दाखमा तनाव भयो र त्यहाँ चिनियाँ पक्षबाट २० जना भारतीय सैनिक मारिए । यसको प्रतिरोध भारतले टिकटकमा पोख्यो । चीनसँग बदला लिने क्रममा भारतले टिकटक लगायतका पाँच दर्जनजति चाइनिज एपहरुलाई प्रतिवन्ध लगाएको छ । टिकटकको सबैभन्दा ठूलो बजार थियो भारत । गत वर्षको जूनसम्ममा त्यहाँ विश्वमै सबैभन्दा बढी १२ करोड टिकटक प्रयोगकर्ता थिए । भारतमा लागेको प्रतिवन्धले टिकटकलाई निकै ठूलो धक्का लागेको छ । भारतले गत जून २९ बाट टिकटकसहित चिनियाँ एपहरुमाथि प्रतिवन्ध लगाएको हो ।

अर्कोतर्फ टिकटकको अर्को ठूलो बजार अमेरिकामा पनि यसको अस्तित्व खतरामा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार टिकटक बन्द गराउने धम्की दिइरहेका छन् । गत ६ अगष्टमा उनले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे जसले दुई लोकप्रिय चिनियाँ एप टिकटक र विच