FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता

इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता

एसपी रिपोर्टर
काठमाण्डौं, साउन ३० :
इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका छन् ।

सम्झौताअनुसार इजरायलले वेष्ट बैंकको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गर्ने छ । हालसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र युएईबीच शान्ति सम्झौता भएको जानकारी ट्वीट गरेका छन् र त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले हिब्रु भाषामा ट्वीट गरेर ‘ऐतिहासिक दिन’ भनेका छन् ।

अमेरिकामा युएईका राजदूत युसुफ अल ओतैबाले पनि यो सम्झौतालाई कूटनीतिक र भूगोलका लागि एक जित भनेका छन् । साथै उनले भनेका छन्, ‘यो अरब–इजरायल सम्बन्धमा एक महत्वपूर्ण कदम हो, जसले तनाव कम गर्ने छ र सकारात्मक परिवर्तनका लागि नयाँ ऊर्जा निर्माण गर्ने छ ।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि यो केवल तेस्रो इजरायल–अरब शान्ति सम्झौता हो । यसअघि पूर्व मिस्रसँग १९७९ मा र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो । आउँदा दिनहरुमा इजरायल र युएईका प्रतिनिधिहरु वार्तामा बस्नेछन् र लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरु स्थापनाका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने छन् ।

संयुक्त विज्ञप्तिमा लेखिएअनुसार दुवै देश मध्यपूर्वका लागि रणनीतिक एजेण्डा तय गर्न पनि अमेरिकाको साथमा रहने छन् । नेताहरुले भनेका छन्– यस क्षेत्रमा खतरा र अवसरलाई लिएर हाम्रो दृष्टिकोण समान छ । साथै कूटनीतिक सम्बन्ध, आर्थिक एकीकरण र सुरक्षाका माध्यमबाट स्थिरता बढाउन साझा प्रतिबद्धता जनाउँछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago
गृहमन्त्रीले छानेर कांग्रेसी फँसाउने अभियान चलाएका छन् : यादव
एस.पी. खबर विशेष

गृहमन्त्रीले छानेर कांग्रेसी फँसाउने अभियान चलाएका छन् : यादव

3 days ago
लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

4 days ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
एस.पी. खबर विशेष

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

4 days ago
संविधान दिवस : मधेश सरकार मौन, लोसपा र तमलोपा सडकमा, जनमतको स्मार्ट विज्ञप्ती
एस.पी. खबर विशेष

संविधान दिवस : मधेश सरकार मौन, लोसपा र तमलोपा सडकमा, जनमतको स्मार्ट विज्ञप्ती

1 week ago
राजनिति बल्झिदा समस्या सुल्झाउने रसायन हुनुहुन्थ्यो नेवाङ : पोखरेल
एस.पी. खबर विशेष

राजनिति बल्झिदा समस्या सुल्झाउने रसायन हुनुहुन्थ्यो नेवाङ : पोखरेल

1 week ago
संविधान निर्माणको आठ वर्ष, संघियताका जनक भनिने मधेशी दल घरको न घाटको
अन्तर्वार्ता/विचार

संविधान निर्माणको आठ वर्ष, संघियताका जनक भनिने मधेशी दल घरको न घाटको

1 week ago
जसपालाई कमजोर पार्न राज्यले दुईवटा पार्टी खटाएको छ : जसपा नेताहरु
एस.पी. खबर विशेष

जसपालाई कमजोर पार्न राज्यले दुईवटा पार्टी खटाएको छ : जसपा नेताहरु

2 weeks ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy