एसपी रिपोर्टर
काठमाणडौं, चैत ९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गर्ने निर्णय गरेको छ।
संघीय सरकारद्वारा जारी गरिएको सूचनामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूको कार्य अनुमति तथा निर्वासनबाट सुरक्षित रहने सुविधा हटाइने उल्लेख छ। उनीहरूलाई निष्कासन अघि नै देश छोड्न चेतावनी दिइएको छ।
यसअघि, बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी (CHNV) नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो।