एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : जनकपुरधाममा छाला सम्बन्धी रोगको उपचारकालागि सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा ल्याइएको छ । वरिष्ठ चर्मरोग, कस्मेटिक सर्जरी, कुष्ठ रोग तथा यौन रोग विशेषज्ञ डा. प्रमोद कुमार झा (डि) ले जनकपुरधामस्थित विश्वकर्मा चोकमा आफ्नै क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।

मुरलीचोकदेखि विश्वकर्माचोकको बिचमा जनकपुर स्किन केयर सेन्टर नामक उनको आफ्नै भवनमा सञ्चालनमा ल्याइएको क्लिनिकमा छाला सम्बन्धि विभिन्न रोगको उपचार गरिने चिकित्सक झाले बताए । उनले क्लिनिकमा चर्मरोगको उपचारका साथै कुष्ठरोगीहरुको समेत विशेष उपचार गरिने जानकारी दिए । वरिष्ठ चर्मरोग विशेषज्ञको रुपमा ख्याती कमाईसकेका डाक्टर झाले चर्मरोगको उपचारमा सरसफाई तथा ल्याब लगायत विभिन्न उपकरण अतिआवश्यक रहेकोले क्लिनिकमै सबै सुविधा उपलब्ध गराइएको बताए ।
क्लिनिकमा हेयर प्लान्ट, स्किन ग्राफ, लेजर थेरापी लगायतका सुविधा समेत उपलब्ध रहेको उनले बताए । गरिब तथा विपन्न परिवारलाई क्लिनिकले सक्दो सुलभ हिसाबले उपचार गरिने चिकित्सक झाले बताए ।