एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० :
जनकपुरधाम स्थित जानकी हेल्थ केयर सेन्टर तथा टिचिङ्ग अस्पतालले आफनो वार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमै एक समारोहको आयोजना गरि अस्पताल परिवारले आफनो वार्षिकोत्सव मनाएको हो । अस्पतालका सञ्चालक तथा पुर्व संघिय जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको विशेष उपस्थितीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पताल सञ्चालनमा सहयोग गर्ने सफाईकर्मी देखि विज्ञ चिकित्सक सम्पुर्णलाई धन्यवाद ज्ञापन गरिएको छ ।

डा. यादवले भने, ‘सेवा मुलक यस अस्पतालको सेवा दिनानुदिन गुणस्तरीय गर्ने लक्ष्यका साथ काम गर्नु पर्दछ ।’ समाजिक उतरदायित्व वहन गर्दै गरिव विपन्नलाई राहत सहितको सेवा नै मुख्य उद्देश्य हुनुपर्ने उनको कथन थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्श तथा प्रशासनमा काम गर्नेहरुको सहभागिता रहेको थियो ।