एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ३ :
राष्ट्रिय चिकित्सक संघ, नेपाल मधेश प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ। शनिबार जनकपुरधाममा सम्पन्न संघको प्रथम प्रादेशिक अधिवेशन २०८२ बाट डा. नौसाद हकको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
कार्यसमितिमा डा. गंगारमा खर्ग र डा. कृष्णा महर्जन उपाध्यक्षमा चयन भएका छन्। सचिवमा डा. आशिक क्षा, उपसचिवमा डा. अवधेश मण्डल र महिला उपसचिवमा डा. रमिता यादव चयन भएकी छन्। कोषाध्यक्षमा डा. दीपक चौरसिया चयन भएका छन्। सदस्यहरूमा डा. विशाल शर्मा, डा. अमरेस यादव, डा. फणिन्द्र अधिकारी, डा. विमल कुमार यादव, डा. केसर बहादुर साह, डा. राजेस नायक, डा. शैलेन्द्र साह, डा. राम प्रताप साह, डा. गंगा प्रसाद यादव, डा. मोस्तिकिम मन्सुर, डा. ओम प्रकाश कुसवाहा, डा. सुरेन्द्र यादव, डा. वेद प्रसाद कुसवाहा, डा. उमेश कुमार कुसवाहा, डा. सुधिर यादव, डा. विरेन्द्र साह, डा. पंकज साह र डा. एराज खान चयन भएका छन्।
संघको अधिवेशनले प्रदेशस्तरीय चिकित्सकहरूको संगठित नेतृत्व चयन गर्दै भावी योजना र नीतिहरूको दिशा तय गर्ने अपेक्षा गरिएको छ।





