एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १८ : सरकारले शिक्षक महासंघसँग बुधबार गरेको सहमतिप्रति शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। ‘हाताहाति ऐन’को माग गर्दै देशभरबाट काठमाडौं आएका शिक्षक र कर्मचारीहरू ऐनविना सहमति भएपछि रुष्ट भएका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति जारी गर्दै सहमतिको विरोध जनाएको छ। परिषद्को विज्ञप्तिमा भनिएको छ, “सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता तथा आन्दोलन फिर्ता गर्ने निर्णयप्रति नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्ण असहमति छ। परिषद्को संस्थागत धारणा बाहेक गरिएको सहमतिप्रति हामी घोर भर्त्सना गर्दछौं।”
२० चैतदेखि काठमाडौंमा जारी आन्दोलन बुधबारको सहमतिपछि टुंगिएको भए पनि धेरै शिक्षक तथा कर्मचारी उक्त सहमतिमा सन्तुष्ट छैनन्।


