एसपी रिपोर्टर
काठमाणडौं,चैत ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन्।
मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरूसँगको भर्चुअल बैठकमा उनले परीक्षा सञ्चालनमा कुनै कमजोरी स्वीकार्य नहुने बताउँदै नियमविपरीत कार्य गर्ने जो कोहीलाई कारबाही गरिने चेतावनी दिइन्।एसईई परीक्षा चैत ७ देखि १९ गतेसम्म २,०७९ परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। परीक्षालाई थप समावेशी बनाउन बाल सुधार गृह र कारागारमा विशेष परीक्षा केन्द्र तोकिएको छ।
परीक्षाको गुणस्तर कायम राख्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।