एसपी रिपोर्टर
काठमाणडौं,२८ फागुन : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्ष २०८२/८३ का लागि वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। यस क्यालेन्डरमा स्नातक, स्नातकोत्तर, स्पेसियालिटी, डिएम/एमसिएच तथा सवस्पेसियालिटी तहका प्रवेश परीक्षाको समय निर्धारण गरिएको छ।
स्नातक तह (UG)
- आवेदन खुल्ने: २०८२ साउन दोस्रो साता
- प्रवेश परीक्षा: असोज पहिलो साता
- म्याचिङ सकिएपछि कक्षा प्रारम्भ: पुस चौथो साता
स्नातकोत्तर तह (PG)
- आवेदन खुल्ने: २०८२ मंसिर पहिलो साता
- प्रवेश परीक्षा: माघ दोस्रो साता
- कक्षा प्रारम्भ: २०८३ वैशाख पहिलो साता
डिएम/एमसिएच तथा सवस्पेसियालिटी तह
- आवेदन खुल्ने: २०८२ असार दोस्रो साता
- प्रवेश परीक्षा: साउन दोस्रो साता
- कक्षा प्रारम्भ: २०८२ कात्तिक पहिलो साता
आयोगले तोकिएको मितिअनुसार प्रवेश प्रक्रिया सञ्चालन हुने जनाएको छ।



