एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :

जनकपुरधाममा न्युरो सर्जनको अभाव रहेको समयमा न्युरो अस्पतालमा एक जना न्युरो सर्जन थपिएका छन् । जनकपुरधामस्थित जनकपुर न्युरो हस्पिटलमा न्युरो सर्जन थपिएको हो ।

विराटनगरमा कार्यरत न्युरो सर्जन डा. सतिशकुमार साहलाई न्युरो हस्पिटलमा ल्याइएको हो । एक जनाको भरमा यस अघि न्युरो सर्जरी हुँदै आएकोमा न्युरो सर्जन साहको आगमनले सेवा प्रवाहमा सहज हुने जनकपुर न्युरो हस्पिटलका प्रमुख डा. विजयकुमार राउतले बताए ।

विजय राउत आफै पनि न्युरो सर्जन हुन् । उनले अब न्युरो सर्जनीको क्षेत्रमा काम गर्न थप सहज हुने विश्वास व्यक्त गरे ।