एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ : मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक इण्डोक्राइन सहितको स्वास्थ्य उपचार संस्था जनकपुर डाइबिटिज थाइराइड एण्ड डायग्नोष्टिक पोलिक्लिनिक संचालनमा आएको छ । जनकपुरधाम स्थित जानकी मन्दिरका मडवा पछाडि बिहीवारदेखि संचालनमा आएको सो पोलिक्लिनिकमा डाइबिटिज थाइराइज तथा हार्मोन रोग र गाइस्ट्रो सहितको पेट रोगको प्रमुख रुपमा आधुनिक उपकरणद्वारा उपचार व्यवस्था रहेको छ ।
डाइबिटिज थाइराईड तथा हार्मोन रोगको काठमाडौ स्थित नर्भिक इन्टरनेशन हस्पीटल र मेट्रो काठमाडौ हस्पीटलमा एक दशकभन्दा बढी समयदेखि कार्यरत डा. मधु पाण्डेयले उपचार गर्नेछ भने पेट तथा पेटको क्यान्सर सम्बन्धी रोगको उपचार डा. प्रकाश चौधरीले गर्ने बताइएको छ ।
यस बाहेक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रशिता शाह, बालरोग विषेशज्ञ डा. हेमन्तकुमार शर्मा, जेनरल फिजिसियन डा. संदीपकुमार कर्ण र हाडजोर्नीका डा. मनिष शाहले समेत सेवा दिनेछ । उद्घाटनको अवसरमा सो पोलिक्लिनिकले माघ १३ गतेदेखि १५ गतेसम्म विभिन्न रोगको ओपीडी निशुल्क र ल्याब (प्याथलोजी जाँच) मा बिरामीलाई ४० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।
संचालक समेत रहेका डा. चौधरीले दिएको जानकारी अनुसार माघ १३ गते डा. मधु पाण्डेय र डा. प्रकाश चौधरीद्वारा फास्ंिटग र रैण्डम सुगरको निशुल्क चेकजाँच, १४ गते जेनरल फिजिसियन र बालरोगको ओपीडी र १५ गते स्त्री तथा प्रसुति रोग र हाडजोर्नीको ओपीडीमा निशुल्क चेकजाँच गरिनेछ ।
डाइबिटिज थाइराईड तथा हार्मोन, पेट तथा पेटरोगको क्यान्सर सहितको एकै छातामुनि उपचार हुने सो पोलिक्लिनिकको संचालक डा. चौधरीका बुवा किसुन चौधरी र प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका छन ।