पवन प्रसाद साह
वीरगंज, पर्सा पुष १२ : नेपाल शिक्षक महासंघ सँग आबद्ध शिक्षक मञ्च लोकतान्त्रिक शिक्षक युनियन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन एकिकृत भइ बनेको राष्ट्रिय शिक्षक मञ्चको पर्सा जिल्ला संयोजकमा प्रदिप प्रसाद साह चयन भएका छन् ।
गत पुष ९ गते शुक्रवारको राष्ट्रिय शिक्षक मञ्चको केन्द्रिय कार्य समितिको निर्णय अनुसार राष्ट्रिय शिक्षक मञ्च पर्साको तदर्थ समिति संयोजक उमेश ठाकुरको स्थानमा नेपाल राष्ट्रिय आधारभुत बिद्यालय प्रसौनी बिर्ता वीरगंज महानगरपालिका वडा नं २३ का शिक्षक प्रदिप प्रसाद साहलाइ राष्ट्रिय शिक्षक मञ्च पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो । गरिएको जारी प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ ।