एसपी रिपोर्टर

जनकपुरधाम, माघ २२ : चुनाव सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धनुषामा पनि सेना परिचालन गरिएको छ । धनुषाको चारवटै क्षेत्रको ग्रामीण भेगमा पनि सेना परिचालन भइसकेको नेपाली सेनाको विष्णुदल गण महेन्द्रनगर क्याम्पले जनाएको छ ।

गणपति प्रमुख सेनानी खिलेन्द्र राज अमगाईका अनुसार जनताको सुरक्षा र चुनावी संवेदनशीलतालाई मध्य नजर गर्दै धनुषाको चारवटै क्षेत्रको दुर्गम गाउँहरुमा समेत सेनाले फ्ल्याग मार्च बुधवारबाट नै थालेको छ ।

जनता र लोकतन्त्रको आधार निर्वाचनको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रहेको भन्दै गणले सुरक्षित मताधिकार प्रयोगको वातावरण रहने बताएको छ ।

यो पनि पढनोस