एसपि रिपोर्टर
राजविराज, जेठ ७ : अनुगमनको टोली आउने खबरले राजविराजका अधिकांश सुनचाँदी व्यवसायीहरुले बुधबार पसल नै बन्द गरेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, गुणस्तर तथा नापतौल कार्यालय विराटनगरसहित टोलीले ज्वेलर्स अनुगमन गर्न राजविराज आएका थिए ।अनुगमन हुने सूचना पाएका व्यवसायीले त्यसअघि नै ज्वेलर्स बन्द गरेर भागेका हुन् । टोलीले खुल्ला रहेका केही ज्वेलर्समा अनुगमन गरिरहेका छन् ।सुनचाँदी व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रञ्जनले आफू बाहिर रहेको बताए । ‘ज्वेलर्स बन्द रहेको विषयमा बुझेर प्रतिक्रिया दिनेछु,’ उनले भने, ‘तर, आफ्नो ज्वेलर्स खोल्न भनिसकेको छु ।’प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुगमनबारे थप विषय पछि जानकारी दिने बताए ।