एसपि रिपोर्टर
रौतहट, जेठ ७ : हजका लागि रौतहटबाट बुधबार एक सय १९ जना साउदी अरेबिया प्रस्थान गरेका छन् । पहिलो चरणमा आज बिहान ५ बजेको उडानमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय १९ जना प्रस्थान गरेको नेपाल हज समितिको सचिवालयका सदस्य गुलाम सरबरले बताउनुभयो ।

आज राति ८ बजेको उडानमा एक जना तथा बिहीबार बिहान ५ बजेको उडानमा सात जना रौतहटका हज यात्री साउदी अरेबिया प्रस्थान गर्ने सदस्य सरबरले बताउनुभयो ।हज समितिका सदस्य सरबरले रौतहटका एक सय १९, सर्लाहीका २८ र सुनसरीका दुई गरी एक सय ४९ जनाको टोलीको नेतृत्व गर्दै साउदी अरेबिया प्रस्थान गर्नुभएको छ ।रौतहटबाट यस बर्ष जम्मा एक सय २७ जना हज यात्री साउदी अरेबिया जान लागेका हुन् ।इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा जान लागेका रौतहट क्षेत्र नम्बर २ का नेपालि कांग्रेसका नेता डा. फिरदोस आलमले बताउनुभयो ।हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई पहिलो चरणका रौतहटका हज यात्री आज बिहान पवित्र भूमि मक्का मदिना तर्फ प्रस्थान गरेका हुन् ।हज जाने यात्रीको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको थियो । नेपाली कांग्रेसका नेता डा. आलमले हज जाने यात्रीको निःशुल्क स्वास्थ्य परीक्षण समेत गर्नुभएको नेपाल तरुण दलका केन्द्रीय सदस्य नौशाद आलमले जानकारी दिनुभयो ।हज समितिका अनुसार यो पटक एक हजार एक सय ७१ जना नेपाली हजयात्री मक्का मदिना जाँदैछन् ।नेपाल हज समितिले हरेक वर्ष साउदी अरबको हज यात्रामा जाने मुस्लिम समुदायहरुको व्यवस्थापनका लागि काम गर्दै आइरहेको छ । साउदी अरब सरकारले सन् २०२५ को हजयात्राका लागि नेपाललाई एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीको कोटा निर्धारण गरेको छ ।