एसपि रिपोर्टर
काठमाणडौं, जेठ ७ : सिमरा विमानस्थलबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ । मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याएका हुन् ।४ बजेको उडानमार्फत काठमाडौँ ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् ।मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।





