एसपि रिपोर्टर
काठमाडौं, जेठ ५ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन भ्रमणमा जाने भएकी छन् ।

पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उनी चीनको सरकारी निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने कार्यक्रम तय भएको छ । उनले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।‘भ्रमण तालिका तयार हुँदैछ, पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका बन्दैछ,’ स्रोतले भन्यो ।भ्रमणका क्रममा मानसरोवर भ्रमण गर्नेदेखि बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ ।गत वर्ष असारमा तय भएको पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।