एसपि रिपोर्टर
काठमाणडौं, जेठ ३ : सगरमाथा बेसक्याम्पमा ‘जलवायु परिवर्तन, हिमालीइ जीवन र सरकारसँगको अपेक्षा’ विषयक संवाद भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा शनिबार संवाद भएको हो ।

उक्त संवादमा सहभागी हुन गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्रि पाण्डे बेसक्याम्प पुगेका थिए ।सो अवसरमा पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरिएको थियो । बिशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यहरूबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले पढेर सुनाए ।लुक्लादेखी ५ दिन लगातार पदयात्रा गरेर महामन्त्री शर्मा बेसक्याम्प पुगेका थिए ।उनले आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेको बताएका छन् । त्यस्तै, फिल्डबाटै उनले सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण पनि गराए ।सो अवसरमा गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए । पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू बिशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।महामन्त्री शर्माले बेसक्याम्पमा संचार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता बिषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बन उत्सर्जन बढी गर्ने ठुला रास्ट्रहरुमाथी दबाब बढाउन साना रास्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।कार्यक्रममा किर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराएका छन् ।