एसपि रिपोर्टर
काठमाणडौँ , जेठ २ : सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको हो ।





