अन्जना शिवाकोटी ✍️
आज अनेरास्ववियुको ६१ औ स्थापना दिवस । २०२२ जेठ १ देखि आजका मितिसम्मका आरोह अबरोहमा अनेरास्ववियु विद्यार्थी आन्दोलनको मूख्य भूमिकामा रहेको छ । पञ्चायत ब्यवस्थाको बिस्थापनको आन्दोलन हुँदै गणतन्त्र नेपालको स्थापनासम्मका आन्दोलनमा अनेरास्ववियु अग्रमोर्चामा छ ।
ब्यवस्था परिवर्तनका आन्दोलनसँगै विद्यार्थी आन्दोलनमा समयको आवश्यकता अनुसार हाम्राे संगठन स्थापनाकाल देखि नै सशक्तरुपमा प्रस्तुत हुदै आएको छ । दर्जनौं अग्रजहरुको बलिदान, सयौ नेताहरुको समर्पण र त्यागले स्थपनाकाल देखि आज सम्म देशको ठूलो विद्यार्थी संगठन बन्दै आएको। अनेरास्ववियु अहिलेको परिवर्तित राजनीतिक सन्दर्भमा समय सापेक्षरुपमा आन्दोलनको कार्यदिशा र स्वरुपमा परिमार्जन गर्दै यस आन्दोलनप्रति आम विद्यार्थीहरुको भरोसा व्यापक र परिस्कृत रूपले बृद्धि गर्दै यसको उचाई अग्लो बनाउनुपर्ने जिम्मेवारी इतिहासले अनेरास्ववियुका योद्धाहरू लाइ दिएको छ ।
महान शहीदको सपना साकार गर्न सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्न अहिलेको ज्वलन्त आवश्यकता बनेको छ । बिगतका राज्यसञ्चालकहरुका अदुरदर्शी र अपरिपक्व नेतृत्व शैलीले मुलुक अझै गरिबी र असमानतामा अल्झिएको छ । गाम्रीण भेगका विद्यार्थीहरुले सुबिधा सम्पन्न र आधुनिक पद्दतिमा पढे हुर्केको देशको अर्को कुनाको विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ।अहिले विज्ञान र प्रविधिमा भएको तिब्र विकासले गर्दा मानिसका आवश्यकताको धरातल फराकिलो बनाइदिएको छ ,भने अर्कोतिर ग्लोबलाइजेसनाको प्रभावले दुनिया सानो बनाइदिएको छ ।
यो चुनौतीले भरिएको कठिन समयमा हाम्रो शिक्षा प्रविधिमा आधारित सिप तथा ब्यबसायमैत्री हुनुपर्ने आवश्यकता छ । हाम्रा पाठ्यक्रमहरुमा सीपमा अधारित ब्यबसायिक अनुरुप उत्कृष्ट शिक्षा सोही अनुसार बदलिनुपर्नेछ, विद्यार्थीका शैक्षिक अधिकार र विद्यालय तह देखि विश्वविद्यालय सम्मका प्राज्ञिक र संस्थागत हितमा विद्यार्थी आन्दाेलनलाई अग्रसरता दिलाउन रचनात्मक र सिर्जनात्मक आन्दोलनहरुको मार्फत संगठनलाई अझ गतिशिल र मझबुद बनाउदै लैजानु पर्ने छ, गर्विलाे इतिहास रहेकाे एकमात्रै संगठन अनेरास्ववियु वास्तविक विद्यार्थीकाे असल सारथिकाे रुपमा परिचित गराउन नया कार्य योजना सहित विद्यार्थीको बिचमा जानू पर्ने छ ।
सधै भरी माइतीघरमा ‘पावर शो’ प्रदर्शन गरेर अब न विद्यार्थी सामेल हुनेछन् न शिक्षित जनताले समर्थन नै गर्नेछन्। यसको नेतृत्व सृजनात्मक ढङ्ग बाट हामीले नै गर्नुपर्ने छ । अनेरास्ववियु हिजोदेखि आजसम्म परिवर्तनको संवाहक र नेतृत्व दिने संगठन हो । अग्रजहरुको बलिदान, समर्पण र त्यागबाट यो उचाई प्राप्त गरेको विद्यार्थी आन्दोलन र त्यसको मूल प्रवाह अनेरास्ववियु युवा विद्यार्थीको आशा र भरोसाको संगठन हो ।
हामी र हाम्रा कतिपय मुद्दा, आन्दोलनलाई ‘डिजिटलाइज्ड’ गराउनुपर्नेछ । अबका हाम्रा कुनै पनि निर्वाचन होस या कुनै पनि कार्यक्रमहरु वातावरण मैत्री बनाउन र पेपर लेस बनाउन का निम्ति डिजिटलाइज्ड नै हुनुपर्छ । जसले गर्दा हामीले गर्ने सडक प्रदर्शन भन्दा बढि प्रभावकारी हुने गर्दछ । त्यसले विश्वको ध्यान खिच्नेछ र अनेरास्ववियुकाे
एजेण्डाहरु संसार भरि सोसल मिडियाबाटै देखिनेछन् । यो नै सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय मंच पनि हो ।
बिलासिता छोडेर पारदर्शीता अपनाउँदै हामीले दिगो विकासका लागी सैधान्तिक शिक्षा मात्र हैन । ब्यबसायिक तथा सीप युक्त शिक्षामा जाेडिने समय हो । यो आन्दोलनको सुनौलो भबिस्य निर्माणका निम्ति नविन साेचका साथ पुर्णरुपले इमान्दारी, समझदारी र कांधमा जिम्मेवारीले नै आन्दोलन साकार हुनेछ। हाम्रो गौरवशाली संगठन अनेरास्ववियुको ६१ औ स्थापना दिवसको र एकताको यो दिन सम्पुर्ण प्रगतिशील,जनवादी तथा देशभक्त विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
लेखक :-अनेरास्ववियु केन्द्रिय कमिटि सचिव तथा मघेस प्रदेश इन्चार्ज हुन ।


