एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १ : जनकपुरधामको रामानन्द चोकमा हत्याका आरोपीलाई पक्राउ गर्न माग गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले प्रदर्शन गरेका छन् । सडक जाम गररेर उनीहरुले प्रदर्शन गरेका हुन् ।गत चैत २ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा होलीका १७ वर्षीय आँशु यादवको चक्कु प्रहार गरी हत्या भएको थियो । सोही घटनामा थप आरोपीलाई प्रहरीले पक्राउ नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य ५ जना आरोपी फरार रहेका छन् । लैंिगक तथा यौनिक अल्पसंख्यकहरुले ‘भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, न्याय मरेको देश’ नारासहितको प्लेकार्ड बोकेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सवारीसाधनहरुमा तोडफोड समेत गरेका छन् ।





