एसपि रिपोर्टर
काठमाणडौँ, जेठ १ : नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन् ।
हरेक वर्ष १५ जेठमा सरकारले संसदमा बजेट प्रस्तुत गर्ने गर्छ । सोही दिन गणतन्त्र दिवस पनि भएकाले बजेट ल्याइने मिति सार्न निधिले प्रस्ताव गरेका हुन् ।‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो- गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने,’ उनले भने, ‘गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहीत अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज (महत्व) धेरै ठूलो हुन्छ ।’उनले यसका लागि संविधान संशोधन गर्न आग्रह गरे । ‘१५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसो भए संशोधन गरियोस्,’ उनले भने ।
