एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ : जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा युवा उद्यमी जितेन्द्र कुमार महासेठलाई मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको प्रदेश श्रम सल्लाहकार परिषद सदस्यमा मनोनीत गरिएको छ।

“प्रदेश श्रम सल्लाहकार परिषद गठन निर्देशिका, २०८१” को दफा ३, उपदफा २, खण्ड (झ) अनुसार रोजगारदाताको प्रतिनिधित्वका आधारमा महासेठलाई परिषद सदस्यमा मनोनीत गरिएको हो। सोही निर्देशिकाको दफा ३, उपदफा ३ अनुसार परिषद सदस्यको कार्यकाल दुई वर्षको हुनेछ।महासेठको मनोनयन श्रम तथा यातायात मन्त्री कौशल किशोर राय द्वारा गरिएको हो।महासेठ जनकपुरधामका सफल युवा व्यवसायीमध्ये एक मानिन्छन्। जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा उनले व्यवसायिक वातावरण सुदृढ गर्न उल्लेखनीय योगदान गरेका थिए। स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको प्रवर्द्धनमा उनले पु¥याएको भूमिकाले सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको धारणा छ।