एसपि रिपोर्टर
रौतहट, बैशाख ३१ : बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटना भएको छ।

रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढ तर्फ जाँदै गरेको बा २ झ ४३५४ नम्बरको  मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका-५ नारायणचोक देखि २०० मिटर उत्तरतर्फको बाटोमा दुर्घटना भएको हो।आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। गाडी चालक बारा सिम्रौनगढ -१ बैरियाका ४० वर्षीय मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिए।