एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ :जनकपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-४ का ४५ वर्षीय रविनलाल कर्ण छन् ।
मंगलबार सवा ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजार छेउमा रहेको सार्वजनिक पोखरीमा नुहाउन पसेका उनी डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरीको गोताखोर टोलीले रातिदेखि नै उनको खोजी गरेको थियो । तर, आज बुधबार मात्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





