एसपि रिपोर्टर
काठमाणडौं, बैशाख ३१ : प्रमुख सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय भन्दा बढी नेपाली अलपत्र परेको भन्दै उनीहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।कम्पनी बन्द हँुदा २ देखि ९ महिनासम्मको पारिश्रमिक नेपालीले पाउन नसकेको उनले बताए । अर्कातिर बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन नपाउँदा नेपाली अलपत्र परेको उनले बताए ।बर्तौलाले यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।