एसपि रिपोर्टर
काठमाणडौं, बैशाख ३१ : सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदमा प्रस्तुत गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन् । विधेयक यही वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।उक्त विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो ।यसअघि गत माघ २ गते अध्यादेशका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक जारी गरेको भए पनि दलहरूबीच कुरा नमिल्दा रोकिएको थियो ।विधेयकमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्था, भूमिहीन सुकुम्वासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको दस्तुरमा जग्गाको स्वामित्व दिने व्यवस्था छ ।
