एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : धनुषाबाट सउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका मुस्लिम धर्मावलम्बीहरूलाई जनकपुरधाममा आयोजित कार्यक्रममा सम्मान तथा विदाई गरिएको छ । पाकिजा तथा नूरी कब्रिस्तान समितिको आयोजनामा यात्रीहरूलाई दोसल्ला ओढाएर बिदाइ गरिएको हो ।मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले हज इस्लामको पाँचौं स्तम्भ भएको उल्लेख गर्दै सफल यात्राको शुभकामना दिए । पूर्व सांसद परमेश्वर साहले धार्मिक सद्भाव र भाइचारा कायम राख्न आग्रह गरे । कार्यक्रममा मुस्लिम धर्मगुरु, नागरिक समाजका अगुवा र समाजसेवीहरूको उपस्थिति थियो ।यस वर्ष नेपालभरिबाट १,१७० जनाले हजको लागि आवेदन दिएका छन् । सउदी सरकारले १,२०० जनाको व्यवस्था गरेको छ । हज यात्रीहरूलाई १७ मेदेखि २२ मेसम्म एयर अरेबियाका ११ फ्लाइटमार्फत सउदी पु¥याइनेछ । काठमाडौँको काश्मिरी मस्जिदमा प्रशिक्षण दिइनेछ । यो वर्ष हज शुल्क रु. ३,७०,००० तय गरिएको छ र यात्रापछि रु. २३,७०४ फिर्ता दिइनेछ ।





