एसपि रिपोर्टर
काठमाणडौँ, बैशाख २७ :कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार नुहाउने क्रममा नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालीकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटाइएको हो ।यसै गरी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षीय भुवन सार्किको खोजीकार्य पनि जारी छ । उनी पनि शुक्रबार नै बेपत्ता भएका थिए ।बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको छ ।