एसपि रिपोर्टर
काठमाणडौँ, बैशाख २६ : संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्यालीको आयोजना गरेका छन् । शुक्रबार राजतन्त्र पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो । मोटरसाइकल र्याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो ।


