एसपि रिपोर्टर
काठमाणडौं, बैशाख २५ : भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज संसद्‍मा उठेको छ ।प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् । ‘दुई देशबीचको लडाइमा पहिलो प्रयोग नेपाली गोरखाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्न माग गर्दछु’, उनले भनिन् ।