एसपि रिपोर्टर
हेटौँडा, बैशाख २४ : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जिमन भासिएर बेपत्ता भएकाे गाडी अझै फेला परेको छैन ।
घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौँ फर्किएको छ ।भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले स्थलको माटो बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । टोलीले सङ्कलन गरिएका तथ्य र नमुनाको ल्याब परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ ।उक्त घटनामा ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बलेरो गाडी डुबेको हो। पाँच दिन बितिसक्दा पनि गाडी फेला नपरेको अवस्थामा अनुसन्धान थप चासोको विषय बनेको छ ।


