एसपि रिपोर्टर
काठमाणडौं, बैशाख २४ :राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो समितिको बैठक बसेको हो । बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ ।बैठक स्रोतका अनुसार, सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर भइसकेको छ ।गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायत बसेर आवश्यक सुरक्षा रणनीति तय गरिएको हो ।