एसपि रिपोर्टर
काठमाडौँ, बैशाख २३ : जनकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई सांसदले विरोध जनाएका छन् ।
आम जना पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती)मा बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विरोध जनाएका हुन् ।अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूतिको जन्म जयन्तीमा बिदा नदिने किन हो ? भन्दै उनीहरूले प्रश्न गरेका छन् ।


