एसपी रिपोर्टर
भैरहवा , बैशाख २१ : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा नभई लुट मचाएको बताएका छन् ।

रुपन्देहीको पिप्रा महजिदिया बजारमा आइतबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुट्ने काम गरिरहेको बताए ।‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दु:खद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’सिमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लुट मचाउने काम बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए । किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने यो सरकारको अपराध भएको उनले बताए ।मलखाद्य मात्रै नभई घरायसी प्रयोगका लागि सिमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई सोस्ने र उसको नीजि सम्पती लुटने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको बताए ।‘कमिसनको नाममा अहिले सरकारी लुट मचाइएको छ । पुरस्कारको लोभमा सिमावर्ती क्षेत्रमा लुट मचाउने भएको छ । मन्त्री, आईजिपीसम्मले अदृश्य कमिशन लिईरहेका छन् । वास्तवमा सिमामा प्रहरीले कुनै समान पक्राउ गरेपछि त्यसवातप पाउने पुरस्कार पक्राउ गर्ने प्रहरीले नै पाउनुपर्ने होइन र ? तर तलदेखी माथिसम्मकाले बाड़ी रहेका छन्,’ आजपा अध्यक्ष साहले भने । आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।