एसपी रिपोर्टर
काठमाणडौं , बैशाख २१ : भक्तपुरको गुण्डुस्थित काठमाडौं वल्र्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड छानविन सुरु गरेको छ ।
काठमाडौं वल्र्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।अनुगमन टोलीले छानविन समिति बनाएर अनुसन्धान गरिरहेको सीडीओ अर्यालले बताए ।उनले भने,‘ परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ । ’ उनका अनुसार उक्त कलेजको परीक्षार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ ।


