एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १९ : सरकारले स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई ‘पढ्दै–कमाउँदै’ कार्यक्रमअन्तर्गत हप्ताको २० घण्टासम्म काम गर्ने अवसर दिने भएको छ।
शुक्रवार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन्।‘बढीमा हप्तामा २० घण्टा काम गर्ने व्यवस्था मिलाइनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘कामको न्यूनतम ज्याला पनि निर्धारण गरिनेछ।’सरकारी सेवामा इन्टर्न प्रयोग गर्ने नीति पनि सरकारले लिएको छ। स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी निकायमा इन्टर्नसिपको व्यवस्था गरी युवा विद्यार्थीलाई व्यवहारिक सीप र अनुभव दिने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।


