एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १९ : सरकारले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने जनाएको छ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था सुदृढ बनाइने बताएका हुन्।उनका अनुसार, सीमामा सुरक्षा बलको उपस्थिति सशक्त बनाउन सीमा सुरक्षा पोस्ट (बीओपी) को संख्या विस्तार गरिनेछ।सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको छ। सरकारको नीति अनुसार सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा पनि अझ सक्रिय र प्रभावकारी बनाइने उल्लेख गरिएको छ।