एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १९ : सरकारले महिलामा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिने जानकारी दिए।दुर्गम क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उनले जेष्ठ नागरिकका लागि पनि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने बताए।


