एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १९ : सरकारले पेट्रोलमा बायो इथानोल मिश्रण गर्ने नीति अब व्यवहारमा उतारिने घोषणा गरेको छ।
शुक्रवार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले इन्धन क्षेत्रको सुधार र वैकल्पिक ऊर्जाको प्रवर्द्धनका लागि इथानोल मिश्रणको नीति लागू गरिने जानकारी दिए।राष्ट्रपतिले भने, “अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी पनि गरिनेछ।”सरकारको यो कदमले इन्धनको आयात घटाउने, वातावरणमैत्री ऊर्जा प्रणालीको विकास गर्ने र स्थानीय उत्पादनमा आधारित इन्धन विकल्पको सम्भावना विस्तार गर्ने विश्वास गरिएको छ।


